अचम्म ! कैलालीमा भेटियो १२ बर्षको कुखुरा, १ लाख दिए पनि नबेच्ने (भिडियो हेर्नुस)

कैलालीको टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १४ बर्ष हुदा समेत जिवित पाईएको हो । अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन । कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।

आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला ।
हेर्नुस भिडियो

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal