अबका खेलहरु दर्शक बिना

गत शनिबारबाट सुरु भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी–ट्वान्टी सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको छ । जसमा घरेलु टिम नेपालले लगातार दोस्रो जित निकालेको छ ।

 

 

 

सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको हो । यसअघि नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।

आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

 

सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्णय अनुसार अबका खेलहरुमा दर्शकलाई निशेध गरिएको जानकारी नेपाल क्रिकेट संघ (CAN) ले एक  विज्ञप्ति मार्फत जानकारी दिएको   छ ।

 

 

सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै सरकारको आदेशअनुसार दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal