अब २५ लाखसम्म ऋण दिने सरकारको घोषणा, यस्तो हुने छ प्रक्रिया

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।
यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।

यस्तै ५ प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको पुनरकर्जाको सुविधाको निरन्तरता दिइएको छ । यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियत पूर्ण कर्जाको निरन्तरता दिइने । यसको लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उदेश्यले परियोजनाको धितोमा १ प्रतिशत व्याजमा २५ लाखसम्म बिउ पूँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् । स्नातक वा सोभन्दा माथिको योग्यता भएकाले शैक्षिक प्रमाण पत्रको धितोमा अधिकत्तम ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने छ । शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

ज्यान बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कुटे,२ तलाबाट हाम फाल्दा बचियो

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal