अभिषेक देखि युवराज सम्म, यी हुन् प्रितीका ५ प्रेमी

बलिउडकी डिम्पल गर्ल प्रिती जिन्टाले विवाह गरेर आफ्नो घर बसाईसकेकी छिन्। प्रितीले जेन गुडइनफसंग विवाह गरेकी हुन्। प्रितीले केहि समय अगाडी फिल्म ‘भैयाजी सुपरहिट’ बाट कमब्याक समेत गरिन्।

विवाह हुनुभन्दा अगाडी प्रितीको कयौं पुरुष र स्टारहरुसँग नाम जोडियो। विवाह भन्दा अगाडी प्रितीको निम्न पाँच व्यक्तिहरुसँग अफेयर रह्यो।

मार्क रोबिनसन
चलचित्र क्षेत्रमा आउनु भन्दा अगाडी प्रितीको अफेयर अभिनेता मोडल मार्क रोबिनसनसँग थियो। चलचित्र क्षेत्रमा स्थापित हुन भन्दा अगाडी प्रितीलाई मोडलिंग प्रोजेक्टहरु दिलाएका थिए। सोहि क्रममा यी दुई नजिकिएका थिए। तर यी दुईको सम्बन्ध बारे हल्ला चल्दा-चल्दै ब्रेकअप भएको थियो।

अभिषेक बच्चन
अभिषेक र प्रितीको अफेयर बारे चर्चा हुँदा धेरै अचम्मित भएका थिए। अनस्क्रिन मात्र नभई अफस्क्रिन पनि यी दुईको केमेस्ट्री त्यसताका राम्रै रह्यो। यी दुईको प्रेम बारे व्यपाक हल्ला हुँदा पनि स्वीकार भने गरेनन्। यी दुई बीच विवाह हुने हल्ला पनि चलेको थियो।

ब्रेट ली
अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्रेट लीसँग प्रितीको अफेयरले मिडियाहरुमा राम्रै ठाउँ पायो। यी दुईलाई धेरै पटक लुकी-छिपी भेटिरहेको भेटियो। ब्रेट लीको ईमानदारीताले आफूलाई आकर्षित गरेको भन्दै प्रितीले खुलेर मिडियामा पनि बताएकी थिइन्। तर यी दुईको सम्बन्ध पनि खासै टिक्न सकेन।

युवराज सिंह
आईपीएल क्रिकेट टिम किंग्स एलिभेन पन्जाबकी मालिकको रुपमा रहेकी प्रितीको नाम युवराज सिंहसँग पनि जोडियो। युवराज सिंह पन्जाबमा हुँदा यी दुई नजिक भएका थिए। विभिन्न पटक यी दुईलाई सँगै पनि देखिएको थियो।

नेस वाडिया
ठूलै व्यापारीको रुपमा चिनिने नेस वाडियासँग प्रितीको सम्बन्ध सबै भन्दा चर्चित रह्यो। यी दुईले मिडियामै आफ्नो सम्बन्ध स्वीकारेका थिए। पाँच वर्षको प्रेम सम्बन्ध पछि यी दुई छुट्टिएका थिए। बताउने गरिन्छ की नेसले प्रितीलाई थप्पड हानेपछि सम्बन्ध बिग्रिएको थियो।

 

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal