ओली र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच आलो पालो प्रधानमन्त्री बन्ने समझदारी बनेको खुलासा भएको छ । पुस १४ गते अखिल नेपाल महिला संघका पदाधिकारीसँगको छलफलमा ओलीले देउवासँग मिलेर अघि बढ्ने सहमति भएको खुलासा गरेका हुन् । 

ओलीले कुनै हालतमा संसद पुनस्थापना नहुने जिकिर पनि गरेका थिए । सर्वोच्च अदालतले आफ्नै निर्णयलाई सदर गर्ने पनि उनको दाबी छ । संसद पुनस्थापना भइहालेमा बाँकी कार्यकाल देउवालाई प्रधानमन्त्री बनाउने सहमति पनि आफूले गरिसकेको जानकारी उनले दिएका थिए । 

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आफूलाई साह्रै दुःख दिएकाले बरु देउवालाई प्रधानमन्त्री बनाउनु उचित ठानेको पनि ओलीले बताएका थिए । ओली र देउवाबीच केही समय अघिदेखि नै अघोषित कार्यगत एकता रहँदै आएको उनीहरुका पछिल्ला गतिविधिबाट देखिन्छ । उनीहरुले सम्बैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्ती सम्बन्धमा पनि एक भएर जाने सहमति गरेका थिए । त्यसै अनुसार ओलीले अध्यादेश ल्याएको र नियुक्तीमा पनि देउवालाई समेत भाग दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *