खुसीको खबर : चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्दै’ सबै समक्ष 1 Share

अर्थ-बाणीज्य

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ।

कोरोनाका बिरामीकालाई अक्सिजन अभाव नहोस भनेर नेपालको आग्रहमा चिनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको हो। अबको १० दिनसम्म्ममा अक्सिजन सिलिन्डर आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए।

यो पनि :

अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसहित १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीले भारत, बेलायत, अमेरिकालगायत १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट नेपालको अवस्था भयावह बन्ने तरखरमा रहेकाले कोरोना अति प्रभावित मुलुकबाट नेपाल आउने उडान रोक्न सिफारिस गरेको केन्द्रका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले नेपालको आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको बताइएको छ । त्यसै गरी भारतसँग सीमा जोडिएको नाका बन्द गर्न समेत केन्द्रको बैठकले सरकारलाई सिफारिस गरेको छ । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *