पशुपतिनाथ भगवानको दर्शन गर्दै हेर्नुहोस् आज मङ्सिर १७ बुधबार राशिफल : यी ३ बिशेष राशीलाई मिल्दैछ यस्तो लाभ !

वि.सं.२०७७ साल मङ्सिर १७ गते । बुधबार  । ईश्वी सन् २०२० डिसेम्बर २ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी,३० घडी ३८ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त,४४ घडी ३२ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त चित्रा । योग–विश्कुम्भ । करण–कौलव,बिहान ०७ बजेर ३७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २६ घडी ५९ पला । गोवत्स द्वादशी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal