प्रहरीको सामानको भाडा लिएपछि बढि भाडा लिएको निहुँमा बसलाई पाँच हजार जरिवाना

 

काठमाडौं,

 

९ चैत ।

नयाँ बसपार्कमा रात्रि बससलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दाेलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् ।

यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

रात्रि बसले कुनै गल्ती नगरे पनि ट्राफिकले चिट काटेपछि बस संचालकहरूले बस पार्क पुग्नुअगावै गाेंगबुमा सडकमै बस रोकेर हिँडेका छन् । साेही कारण बसहरूकाे जाम लागेर रिङराेड अवरूद्ध भएकाे हाे ।

भएको के हो?

फागुन २८ गते ना ५ ख २२८६ नेपालगन्ज देखि काठमाडौं चल्ने गाडी नेपालगन्ज बाट काठमाडौको लागि छुटेको थियो। गाडीका सहचालकका आनुसार गाडी कोहलपुर पुगे पछि एक जना यात्रुले काठमाडौं सामान लगिदिन अनुरोध गरे। अनुरोधलाई हुन्छ भन्दै सामानको भाडा ५०० मा हुन्छ भनी सामान हालियो सहचालकले भने। सामान हालीसके पछि निजले आफू सङ ५०० नभएको र अहिले २०० दिने र सामान लिने बेलामा चाहिँ ३०० दिने भनेर कुरा भएको सह चालाकले जानकारी दिए।

 

 

सामान हाल्ने बेलामै ( नाम नखुलेका )सामान हाल्ने व्याक्तिले प्रहरीको सामान हो समेत भनेएको थिए, सहचालाक सम्झन्छ्न।
गाडी २९ गते काठमाडौं पुग्यो संबंधित ब्याक्ती आएर सामान पनि लगे र त्यो बेलामा ३०० दिएर पनि गए।
अब गाडी फर्केर नेपालगन्ज गयो तर सहचालाकलाई पैसा लिइएको र ५०० वडि भारा लिएको भन्दै फोन आयो र काठमाडौं आएपाछी ट्राफिक प्रहरी कार्यलय नयाँ बसपार्क उपस्थित हुन भनियो ।

 

सोही अनुसार गाडी सङ संबंधित ब्याक्ती उपस्थित हुँदा ५००० को चिट हातमा पर्यो तब सबै अचम्मित परे। गाडी व्यावसायका अनुसार लामो रुटको गाडीमा यात्रु बिना सामान लेराउदा पुरै आफ्नो जिम्मेवारीमा ल्याउनु प्रर्ने बताउदै ५०० भाडा बडि हुन नसक्ने बताए।

 

 

प्रहरी कार्यलय नयाँ बसपार्कले सम्बन्धित व्याक्ती प्रहरी जो कोहि भए पनि सामानको भाडा बडि लिएको गुनासो आए पछि कारवाही गरिएको जानकारी दिएको छ भने गाडी व्यावसाय भने प्रहरीकै सामानमा भाडा लिएको भनी बडि भाडाको निहुँ बनाईएको बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal