बजार फेरि बन्द गर्ने निर्णय : आवतजावतमा पनि रोक, यस्तो आयो सूचना !

समाचार स्थानीय-तह

बैतडी । बैतडीको मेलौली नगरपालिकामा अनिश्चितकालका लागि पुनः नगरक्षेत्र सिल गरिएको छ । नगरपालिकामा कार्यरत गाडी चालकमा कोरोना पुष्टि भएपछि यसअघि असोज १३ गतेदेखि सिल गरिएको नगरक्षेत्र असोज १७ गते राती १२ बजेसम्म नगरक्षेत्र सिल गरिएको थियो ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि सिल गरिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा संक्रमण पुष्टि भएका चालकको सम्पर्कमा रहेका सबैको रिपोर्ट नआएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द हुने जनाएको छ ।

नगरपालिका तथा वडाकार्यालयबाट प्रदान हुने सेवा बन्द हुने जनाइएको छ । यसका साथै बजारहरु बन्द गरी आवतजावत बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *