बढैयातालका २ जना गरी देशभर ३७ जनाको मृत्यु

समाचार

२० वैशाख
काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको केन्द्र्बिन्दु बनिरहेको बाकेँ र बर्दियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुुँ बढ्दो छ।

बढैयाताल गाउँपालिका-८ बर्दियाका ४७ वर्षिय पुरुषको पनि आज बिहानै करिब ५ बजे तिर कोरोना बाट निधन भएको थियो ।
त्यस्तै आजै भेरीमै बर्दिया बढैयाताल गाउँपालिका -८ का ३२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। १४ गते भर्ना भएका उनको आज दिउँसो १: २० बजे मृत्यु भएको हो ।

बढैयाताल गाउँपालिकामा हाल सम्म चार जनाले ज्यान गुमाउँदै गर्दा ४ जना नै बढैयाताल गाउँपालिका वडा न. ८ का रहेका छन् । संक्रमण परिक्षणको दायरा नबडाउनु र संक्रमण सम्बन्धि जनचेतनाको अभावले गर्दा बढैयाताल गाउँपालिकामा कोरोना संक्रमणको अबस्था नाजुक अबस्थामा पुगिसकेको र संक्रमण पुरै गाउँ गाउँमै  फैलिसकेको  बुझ्न् सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *