भाइरल अशोक दर्जी र समिक्षाको आवाजमा रहेको गीत टिकटकमा भाइरल, रातारात चर्चाको शिखरमा ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली मेरो छोरा सार्वजानिक भएको छ । शनिबार अपरान्ह मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मेक्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न सकिनेछ त्यसैगरी गीतमा शब्द सङ्गीत नरेश आफैँले भरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अभिनय देख्न सकिने छ । हेर्नुहोस म्युजिक भिडियो :

यो पनि पढ्नुहोस् : लोडसेडिङ हटाएका कुलमान घिसिङ्गले पहिलोपटक नेपालमा कोरोना बढ्नुको भित्रि कारण सहित बोले (लेख सहित)

केही हप्तादेखि नेपाल कोरोनाभाइरसको दोस्रो लहरबाट आक्रान्त छ । दोस्रो लहर भुसको आगो जस्तै समुदायस्तरमा फैलिइसकेपछि शुरूमा अस्पतालहरूमा बेडको अभाव र त्यसपछि अक्सिजनको अभावले कोरोना संक्रमितहरू सहित आम जनता प्रताडित भएका छन् ।

प्राणवायुको रूपमा रहेको अक्सिजनको जोहो गर्न नसक्दा कैयौंले दुखद् मृ’त्युवरण गर्नु परेको छ । काठमाडौं लगायत देशका विभिन्न अस्पताल कोरोनाका बिरामीहरूले खचाखच भरिएका छन् । अक्सिजन उद्योगहरूमा अक्जिसनका सिलिण्डर लिएर कोरोना संक्रमितहरूका आफन्तहरू भौंतारिंदै गरेको हृदयविदारक दृश्य देखिन्छ ।

डाक्टर, नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्तिहरू आफ्नो ज्यानको बाजी लगाएर युद्ध मैदानको अग्रपंक्तिमा रहेर रात दिन खटिरहेका छन् । वास्तवमा नेपालको आजको वास्तविक हिरोहरू स्वास्थ्यकर्मी साथीहरू नै हुन् । उहाँहरूको जति नै तारिफ गरे पनि पुग्दैन । सामाजिक अभियन्ताहरू त्यतिकै लागेका छन् । कसैले अक्सिजन त कसैले खानाको जोहो गरी आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । महामारीको यो कहालीलाग्दो अवस्थामा मानवसेवामा आफ्नो ज्यानको बाजी राखी निरन्तर लागिरहनुभएका सबैलाई नमन ।

साथै कोरोना संक्रमणका कारण ज्यान गुमाउनुहुने सबैलाई श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना र संक्रमित भई उपचाररत महानुभावहरू सबैमा शीघ्र स्वास्थ्य लाभको कामना । चीनको बुहानबाट शुरू भएको भनिएको भाइरसले विश्वका करीब ३५ लाख मानिसको ज्यान लिइसकेको छ ।

छिमेकी देशबाट शुरू भएको भाइरस विश्वभरि फैलिंदै आज दोस्रो वेभको रूपमा छिमेकी भारत लगायत धेरै देश नराम्ररी प्रभावित भएका छन् । विभिन्न देशले कोरोनालाई काबुमा राख्न आ–आफ्नै खालका विशिष्ट क्षमता प्रदर्शन गरे ।

चीनले लकडाउनको साथसाथै टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अगाडि बढायो । हरेक निर्णयको कार्यान्वयन समयमा र प्रभावकारी रूपमा भयो । व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनका केही मिल्दाजुल्दा पक्ष छन् ।

चीनले २३ जनवरी २०२० मा बुहान लकडाउन नगरेको भए २४ जनवरीदेखि नयाँ वर्षको फेस्टिवल मनाउन देशभरि मान्छेको आवतजावत हुन्थ्यो र देशैभरि नै फैलन सक्ने जोखिम थियो । समयमा लिइएको निर्णय र त्यसको प्रभावकारी कार्यान्वयनको कारण भाइरस फैलन पाएन र विस्तारै काबुमा ल्याउन चीन सफल भयो । दश दिनमा हजार बेडको अस्पताल तयार गर्ने काम भयो । हरेक काम भाइरस संंक्रमणको गतिभन्दा बढी वेगमा अगाडि बढाउँदै लगे ।

दक्षिण कोरियाले टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलार्ई अत्यन्तै प्रभावकारी रूपमा सञ्चालन गर्‍यो । लकडाउन भन्दा पनि टेस्टिङ र संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा राखी उपचार गर्ने कार्यमा राज्यको सम्पूर्ण शक्ति परिचालित गरियोे । यी दुवै देशले विदेशबाट देशभित्र भित्रिने गतिविधिलाई अत्यन्तै सूक्ष्म रूपले नियन्त्रण र व्यवस्थापन गर्न सफल भए ।

नियन्त्रणमा आइसकेपछि पनि निरन्तर अनुगमन तथा नियन्त्रणका विधि अत्यन्त प्रभावकारी रूपमा सञ्चालन गरिनै रहे । आफ्ना नागरिकलाई भ्याक्सिन दिने कार्यलाई देशव्यापी रूपमा अगाडि बढाए ।

कहाँ चुक्यौं हामी ?

भारत र नेपालले कोरोनाको पहिलो वेभपछि कोरोना नियन्त्रणमा आइसकेको र कोरोनालाई काबुमा ल्याइसकेको सन्देश देशभित्र र देश बाहिर दिन थाले । पहिलो वेभबाट खासै क्षति व्यहोर्नु नपरेको हुनाले नेपाल लगायत छिमेकी देशहरूले कोरोना जितेको सन्देश दिन थाले । यससँगै सुरक्षाका मापदण्ड राजनीतिक दलका नेता र सरकारी निकायका पदाधिकारीहरूबाटै उल्लंघन गर्न थालेपछि आम जनताबाट पनि लापरबाही हुन थाल्यो ।

अन्तर्राष्ट्रिय संघसंस्थाले दोस्रो वेभको चेतावनी दिंदादिंदै पनि बेवास्ता गरियो र परिणामस्वरूप आजको कहालीलाग्दो अवस्था भोग्न हामी बाध्य भयौं । पहिलो वेभपछि नेपालले दोस्रो वेभको व्यवस्थापन गर्न प्रशस्त समय पाएकै थियो । तर हाम्रा प्रयासहरू त्यतातिर केन्द्रित रहेनन् । अझ ठूला–ठूला सभा–सम्मेलन गर्नमै व्यस्त रह्यौं । बिहेभोज जस्ता सामाजिक तथा सांस्कृतिक कार्यहरूमा मानिसको जमघटलाई खुल्ला गरियो ।

दोस्रो वेभ भारतमा एकैचोटि विस्फोटक रूपमा फैलन थालेपछि नेपालमा पनि विस्तारै त्यसको असर देखिन थाल्यो । एकैचोटि आएको सुनामीलाई धान्ने स्वास्थ्य संरचना हामीसँग तयार थिएनन् । फलस्वरूप हाम्रा हस्पिटलका बेड भरिन थाले र अक्सिजन अभाव खट्किन थाल्यो

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal