भेरी अस्पतालका १५ जना कर्मचारीलाई अख्तियारले अदालतमा मुद्दा दायर

असोज २२ गते नेपालगन्ज

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत चार जना कर्मचारी सहित निजी फर्महरु ११ जना गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज असोज २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/-अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह-लेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९,१३,०७०।–(उन्नाईस लाख तेह्र हजार सत्तरी) बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

-ATM news

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal