मेलिना मैनालीसंग विशेष सम्बाद, किरण गजमेर र कोच प्रमोद बारे यस्तो भनिन्, (हेर्नुस् भिडियो)

 

नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएको एउटा नाम हो मेलिना मैनाली । ब्लाईन्ड अडिसनमा झापाकी मेलिना मैनाली ब्लाईण्ड अडिसनमा ‘लौ है माया’ बोलको गीत गाएकी गाएर टिम प्रमोदमा पुगेकी थिईन । उनले गीत सकाएकै समयमा कोच राजु लामा बाहेक अन्य ३ जना निर्णायकहरु उनीतर्फ फर्किएका थिए ।

उनले ब्याटल राउण्डमा टिम प्रमोदकै प्रभुविक्रम थापासँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये मेलिनालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

नकआउट राउन्डमा सुदिता राईले ‘तिमी आयौ बहार आयो’ गीत गाएकी थिइन् । यस्तै किरण गजमेरले नारायण गोपालको ‘बिर्सेर फेरि मलाई नहेर’ गीत गाएका थिए । मेलिना मैनालीले ‘यस्तो पनि हुदो रैछ’ गीत गाएकि थिईन । तिनै प्रतिस्पर्धीले आफुलाई परेको गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए ।

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र हो । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् । पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ काठमान्डौमा आएकी मेलिना भ्वाईस अफ नेपाल-३ को नकआउटबाट बाहिरिए संगै चर्चामा छिन् । धेरै दर्शकहरुले किरणले भन्दा राम्रो मेलिनाले गाएको भन्दै कोच प्रमोदले किरणलाई सेलेक्ट गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । कतिपयले त कोच प्रमोद प्रती आक्रोश पनि पोखेका छन् ।

उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् । केही दिन अघि सार्बजनिक भएको उनको गाएको ‘फिक्का फिक्का लाग्छ मलाई’ गीत पनि चर्चामा छ ।

मेलिनामा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। मेलिनाले घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी थिईनन । डेव्यु गीत ‘छोटो छ जिन्दगी’ बाटै लोकप्रिय बनेकी उनले पहिलो गीतबाटै आफ्नो सुमधुर आवाजको जादु छर्न सफल भैइन ।

उनलाई सानैबाट गीत गाउने रहर पलाएको थियो । ३ कक्षामा पढ्दादेखि नै गीत गाउने उनको स्वर सुनेर साथीहरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइहाल्ने बानी थियो उनको । स्कुलबाट हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई ।

७ कक्षामा पढ्दा उनलाई अब सांगीतिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

मेलिना आफैले गीत रेकर्ड गराएर, भिडियो आफै बनाएर अगाडि बढ्न सक्ने अवस्था आफ्नो नभएको बताउँछिन् । केही समय अगाडि उनले भनेकी थिईन –‘आर्थिक अवस्था बलियो भए त म काठमाण्डौ आएर बसिहाल्थे नी । मलाई आफूमाथि विश्वास छ । कुनै राम्रो सर्जकले ममाथि विश्वास गर्नुभयो भने म उहाँलाई आफ्नो स्वरबाट निराश बनाउदिनँ ।’ आखिर यो कुरालाई उनले साबित गरेर पनि देखाईन ।

भिडियो हेर्नुहोस:::

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal