यि पुरुष जसले प्रमिलालाई लगेका थिए, सुनौल स्थित एक कोठामा पुरुषसंग यस्तो अवस्थामा फेला परिन् प्रमिला (भिडियो हेर्नुस्)

काठमाडौं । एक महिना देखि परिवारको सम्पर्कमा नरहेकी प्रमिला सुनार एक पुरुषका साथमा फेला परेकी छन् । उनलाई प्रहरीले बसेकै कोठावाट नियन्त्रणमा लिएको छ । श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थालेका थिए ।

साउदीमा वैदेशिक रोजगारीका लागि गएका सन्तोष श्रीमती घरवाट हिडेपछि आपतकालिन टिकट लिएर नेपाल फर्किएका थिए । आफुले कमाएको नगद र केही सुनचाँदीका गहना समेत लिएर श्रीमती हराएपछि उनले खोजिका लागि सबैसंग सहयोग मागेका थिए ।

आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएकी हुन् । उनी बाँके नेपालगन्जमा एक पुरुषसंग कोठामा बस्दै आएको अवस्थामा प्रहरीले फेला पारेको हो । नेपालगन्जका ति पुरुष पनि विवाहित हुन् । उनी पनि विदेशवाट फर्किए लगत्तै प्रमिलालाई लिएर हिँडेको खुलेको छ ।

प्रमिला हराएको ३५ दिन पछि फेला परेकी हुन् । आफ्नी श्रीमती अरु पुरुषसंग एउटा कोठामा बसेको फेला परेपछि सन्तोष तनावमा देखिएका छन् । बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पुरुष संगै भेटिएकी हुन् ।

वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् । दुई छोराछोरीकी आमा समेत रहेकी प्रमिला विवाहित पुरुषसंग त्यसरी जानुको कारणवारे अहिले सम्म खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रमिलाले आफ्नो भाईको श्रीमतीसंग केही कुरा खुलाएर गएकी कारण यस अघि नै उनी कसैसंग गएको हुनसक्ने अनुमान भने उनका श्रीमानले गरेका थिए । उनले आफ्नी श्रीमतीलाई कसैले दवावमा पारेर लगेको हुनसक्ने बताएका थिए । यदि श्रीमतीलाई कसैले त्यसरी अन्यायमा पारेर लगेको भएपनि आफुले साथ दिने बताउँदै आएका थिए ।

श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए। उनको छिट्टै केहि दिनमा विदेश फर्कन पर्ने बाध्यता रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal