रौतहटमा एक किशोरीको ब’ल’त्का’र गरी ह’त्’या भएको छ।

रौतहटमा घाँस लिन गएकी किशोरीको बलात्कार गरी हत्या भएको छ। रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहका अन्दाजी १६ वर्षीया छोरी संझा साहको बलात्कार गरि हत्या भएको हो।

रौतहटको वृन्दावन नगरपालिका ४ हरैया पल्टुवा मामा घर देवेन्द्र साहको घरमा बस्दै आएकी किशोरी बिहान घाँस काट्न गएकी थिइन्। साँझसम्म घर नफर्केपछि खोजबिन गर्दा उखुबारीमा नग्न अवस्थामा मृत फेला परेकी हुन्।

घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

देशमा दिनप्रतिदिन बलात्कारीहरु बढिरहेका छ्न, गृहमन्त्रीज्यु अझै भन्नुहुन्छ अन्य देशको तुलनामा नेपालमा बलात्कारको अवस्था चिन्ताजनक छैन!

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal