शेरधन राईको श्रीमती हुँ भन्दै आएकी बालिका बालुवाटारवाट पक्राउ

अर्थ-बाणीज्य स्थानीय-तह

काठमाडौ । देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै आएकी बालिका खड्का बुधवार बालुवाटारवाट पक्राउ परेकी छन् । उनले राईलाई श्रीमान दावी गर्दै अंश माग गरेर अदालत सम्म पुगेकी थिइन् । केही समय अघि अरुको उक्साहटमा लागेर राईलाई यस्तो आरोप लगाएको भन्दै मुद्दा फिर्ता लिएको बताएकी थिइन् ।

उनी बुधवार बालुवाटारवाट पक्राउ परेकी हुन् । प्रहरीले उनलाई करिब ३ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।

अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए। हामीले बालुवाटारको निषेधित क्षेत्रमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी उहाँलाई ल्याएका छौं,’उनले भने,’उहाँमाथि थप अनुसन्धान गरिरहेका छौं।’

उनीमाथि मुद्दा चलाउने वा नचलाउने विषय अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए। उनले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन्। प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *