श्रीमतीलाई ‘म मरे भने मेरो काजक्रियामा तिमी सामेल नहुनु’ भन्दै संसारबाट विदा भए नेता

समाचार

एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ ।

कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।

लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै निक्कै लामो पत्र लेखेका थिए । श्रीमतीलाई प्रिय सम्बोधन गरेका उनले पुरा पत्रमा गुनासो मात्र गरेका छन ।

लामाले श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको भन्दै श्रीमती आफ्नो यस्तो अन्तिम घडीमा समेत हेर्न नआएको गुनासो गरेका छन । उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने समेत बताएका छन । ३० को बैबाहिक सम्बन्धमा ६/७ महिना ज्यादै दुखद रहेको लामाले खुलाएका छन ।

लामाले सामाजिक संजाल फेसबुकमा अन्तिम स्टाटस लेख्दै भनेका छन् – ‘यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *