आइतबार , माघ २, २०७८

एसएसपी यादव प्रक’रणमा नयाँ ट्विस्ट, घट’नास्थलमा श्रीमती पुगेपछि जे देखियो…

पुष ९, २०७८ शुक्रबार 116

काठमाडौं । संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादव झु’ण्डिएको अवस्थामा फे’ला परेको घ’टना नयाँ मोडमा पुगेको छ । यादवकी श्रीमती रुपम कुमारी यादव घट’नास्थल (भैरहवा) पुगेकी छिन् ।

उनी काठमाडौंबाट विमानमार्फत् साँझ भैरहवा गएकी हुन् । यसअघि एसएसपीका बुबा, आमालगायत परिवारका सदस्य कार्यालयमा पुगेका थिए ।

श्रीमती नआएसम्म श–व फेला परेको क्वाटरलाई सिल गरिएको थियो । श्रीमती पुगेपछि झु’न्डिएको अवस्थामा रहेको श–वलाई झारेर मुचुल्काको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झु’ण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।

अर्कोतिर प्रहरीको संघीय इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी यादवको झु’ण्डिएको अवस्थामा श’व भेटिएको खबरपछि कार्यालय प्रवेशमा रोक लगाएको थियो ।

यादवको ज्या’न गएको खबर सार्वजनिक भएसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै कार्यालय प्रवेशमा रो’क लगाइएको हो ।

अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घ’टना सार्वजनिक भएसँगै मुख्य द्वार बन्द गरिएको छ । कार्यालय अगाडि अहिले सर्वसाधारण र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ ।

प्रतिकृया दिनुहोस्