मेरो मा´सु मुसाले खान्छ,घाउ यति ठुला ठुला कि हातनै छिर्छन्,अब म बा´च्दिन भन्दै बुवा रुदैरुदै यशो भन्नुहुन्छ (हेर्नुस् भिडियो )

 

२०५४ साल असोज २ गते दिउँसो करिब ४ बजेको समयमा घनश्याम अर्याल बुवा बाख्रा चराउन भन्दै नजिकैको जङ्गल जानुभएको थियो ।बाख्रा चराउदै गरेदा एक्कासि माथिबाट पहिरो खस्यो र बुवाको आधा शरीर पहिरोले पुरियो ।त्यो दिनबाट सुरु भयो घनश्याम बुवाको दुखका दिनहरु ।

घनश्याम अर्याल बुवा अहिले ६६ बरेषको हुनुभयो ।लगभक २४ बर्षदेखि बुवाको बिस्तारामा बाँस छ ।सुतिसुति खाना खानुहुन्छ र बिस्तारामै दिशा पिसाब हुन्छ ।मेरुदण्डले काम गर्ने नहुदा दिशा भित्रै जाम हुन्छ र सो दिसालाई हातले झिक्नुपर्छ र पिसाब भने बटुकोमा थापेर फ्याल्ने गरेको बुवा बताउनुहुन्छ ।उहाको कम्मर देखिको मुनिको भाग कुनै पनि चल्दैन् ।

खुट्टाको बिच भाग कम्मरतिर दुईवटा एकदमै ठुलाठुला प्वाल परेका छन् जहाँ हातका अौलाहरु सहजै छिर्छन् ।राति सुतेको बेला नङको मासु मुसाले खाइदिन्छ तर आफुलाई केही पनि थाहा नहुने बुवा रुदै बताउनुहुन्छ ।त्यति मात्रै हैन आफुले आ`त्मह`त्याको पनि प्रयाश नगरेको हैन तर आफ्नोे प्राण आफै लिन कहाँ सजिलो हुदोरहेछ भन्दै बुवा रुनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal