आइतबार , माघ २, २०७८

दाङमा २० बर्ष जेल सजाय पाएका कैदिले प्रहरी कै वाइक चोरेर फरार भएका छन

पुष १०, २०७८ शनिबार 115

दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् ।

जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ कर‌गा ग९वा गाउँपालिका दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।

घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए ।

उनले फरार अभियुक्तलाई प्रहरीले लोकेट गरिसकेको र चाँडै पक्राउ गरिने बताए ।

‘हामीले एकजना सहयोगीलाई पक्राउ गरिसकेका छौं, ‘ एसपी काफ्लेले नेपाल अनलाइन पत्रिकासँग भने, ‘ उनी पनि चाँडै पक्राउ पर्नेछन् । ‘

उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।

घटनाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।

बीस वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागार प्रशासनका अनुसार उनी ६ साउन २०७१ मा कारागार चलान भएका हुन् । उनी दाङ कारागारमा १६ भदाै‌ २०७२ देखि कैदी जीवन बिताइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुरोध

जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका जिल्ला दाङ साविक बेला गा.बि.स .वडा न.९ करङगा हाल

राजपुर गा.पा.वडा न.३ बस्ने बर्ष २९ को यामराज परियार छाला सम्बन्धि बिरामी भई उपचारको लागी राप्ति स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाईएकोमा निज कैदी

उपचारको क्रममा लु ३१ प ४१० नम्बरको १५० सि.सि को निलो कालो पल्सर मोटरसाईल सहित सोहि अस्पतालबाट भागी फरार भएको हुदा निम्न हुलिया भएको

व्यक्ति तथा मो.सा कोही कसैले देख्नु वा फेला पार्नु भएमा यस जिल्ला प्रहरी कार्यालको सम्पर्क न.९८५७८९०१०१/ ९८५७८९०१८७/ ९८५७८४५१११ मा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई दिनहुन अनुरोध गरिएको छ ।

निम्न हुलिया बर्ण कल्साउदो,दाह्री जुँगा पालेको,निलो जिन्स पाईन्ट खैरो रङको हुक लगाएको उचाई अन्दाजी ५फिट ५ईन्च भएको बर्ष २९ को यामराज परियार ।

मो.सा.न. लु ३१ प ४१० नम्बरको १५० सि.सि को निलो कालो पल्सर मोटरसाइकल
नेपाल अनलाइन पत्रिकाबाट

प्रतिकृया दिनुहोस्