शान्ती श्री परियार र श्रीकृष्ण बम मल्लको “सारङ्गी”ले लाखौं दर्शक लाई यसरी भावुक बनाएपछि… भिडियो सहित

शान्ती श्री परियार र श्रीकृष्ण बम मल्लको “सारङ्गी”ले लाखौं दर्शक लाई यसरी भावुक बनाएपछि… भिडियो सहित
काठमाडौं- नेपाली सांगीतिक बजारमा दिनहुँ जसो नयाँ नयाँ गीतहरु आउने क्रम बढ्दो छ ,पछिल्लो समय नेपाली सांगीतिक बजारमा अन्य गीत भन्दा लोक गीतले बढी चर्चा पाउने गरेको हामीले देख्दै आएका छौं। लोकगीत अथवा लोक सङ्गीत लोक संस्कृतिकै प्रमुख अङ्ग हो । यसलाई नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ । यसले आफ्नो रूप र विधा आफैंले जन्माउँछ । यो सरल, सुबोध र लोकप्रिय हुन्छ । यसको कलेवरमा लोक जनजीवन छर्लङ्गिने एेना हुन्छ । त्यसैले लोकगीत भनेको समष्टिको मनबाट जन्मिने कुरा हो ।

यसै बीच लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् ।

बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा संचारकर्मीहरुले उनलाई जिज्ञाशा राख्दा समय र श्रोता दर्शकहरुको माग, उनि भन्छन्” ।

माथि उल्लेखित गीतमा कोरोना संक्रमणका कारण अहिले बिस्व नै जोखिमको अवस्थामा रहँदा नेपाल पनि अछुतो रहेन र यसको कारण बिहान कमाएर बेलुका खानेहरुलाई निकै समस्या परेको एउटा सामाजिक यथार्थपरक कथा समाबेश गरिएको छ । गीत भित्र सारंगी बजाएर आफ्नो बालबच्चा र पेट पाल्ने एक गाइने दाईलाई अनुबन्धित गरिएको छ ।

दिपक सापकोटाको शब्द तथा श्रीकृष्ण बम मल्लको संगीत बाट सुसजित गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र श्रीकृष्ण बम मल्ल कै सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी स्वादमा तयार भएको “सारंगी” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको घत लाग्दो अभिनय देख्न सकिन्छ ।

भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने छायांकन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् । गीतको भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal