आमा पो’इला गएर एक्ली भएकी बिनिता यसरी स्कुल जाँदै (भिडियो हेर्नुस् )

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदीको हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्र लाग्छ ।

बिनिताका शिक्षकको अनुसार उनी निकै अनुशासनमा बसेर पढ्ने र शिक्षकहरुलाई बोलाएर पढ्न लगाउने समेत गर्ने उनले बताए ।कसैसँग झ गडा नगर्ने र सबैसंग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए ।शिक्षकको अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताए ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal