विष्णु माझी र शक्ती चन्दको नयाँ दोहोरी गित ‘स्याउला’ले तहल्का मच्चायो, रातारात वन्यो भाईरल (भिडियाेसहित)

विष्णु माझी र शक्ती चन्दको नयाँ दोहोरी गित ‘स्याउला’ले तहल्का मच्चायो, रातारात वन्यो भाईरल (भिडियाेसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममाचर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

‘बसाैं माया ओछ्याइ स्याउला बरु स्याउला भाँचेर मै ल्याउँला’ एउटा नेपाली टिपिकल शब्द ! यस्तै धेरै टिपिकल शब्द मिलाएर चर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ । गोरखाली सर्जक चन्द्र परियारको उत्कृष्ट लय शब्द सृर्जनामा उक्त गित सजिएको छ |

पहाडी भागकाे हरियाली क्षेत्रमा छायाकंन गरिएकाे गीतकाे म्यूजिक भिडियाेमा चर्चित माेडल करिष्मा ढकाल र अभिषेक श्रेष्ठलाइ पनि देख्न सकिन्छ ।

गीतमा ‘वनकाे माया वनमै, मनकाे माया मनमै’ जस्ता शब्दहरु पनि सुरुमै सुनिन्छन् । गीतकाे निर्देशन राजकुमार मगरले गरेका छन् । हेर्नुहाेस् गीतकाे भिडियाे

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal