गायिका समिक्षा अधिकारीको खुशी अनि सफलता पुरा गर्यो ‘ कुरा बुझ्न पर्च ‘ गीतले ( भिडियो )

गायिका समिक्षा अधिकारीको खुशी अनि सफलता पुरा गर्यो ‘ कुरा बुझ्न पर्च ‘ गीतले ( भिडियो )
समिक्षाको स्ट्याटस : कस्तो गज्जबको अवसर , कस्तो मीठो सफलता ।।मेरो जिबनमा कहिल्यै खास त्यस्ता रहर , चाहाना वा महत्वाकांक्षा धेरै थिएनन् र छैनन् पनि , तर जिबनमा केही त्यस्ता थोरै रहर भने पक्कै थिए र छन पनि , मैले मेरो कर्म क्षेत्र ( संगीत ) मा अभिभावक ,

अग्रज र सदा निष्ठा पुर्वक सम्मान गर्ने , जस्को अगाडि पुग्दा मेरो शिर सदा सम्मानले निहुरिन्छ आदरणीय दाइ प्रकाश सपूत सङ्ग सहकार्य गर्ने रहर मेरो जिबनकै एक उत्कट चाहाना हो , मलाई बिश्वास गर्दै “कुरा बुझ्नु पर्च” बोलको गितमा आवाज दिने सुनौलो मौकाको लागि म कुन शब्दले कृतज्ञता प्रकट गरुँ ? शब्द छैन म सङ्ग आदरणीय दाइ प्रकाश सपुतलाइ धन्यवाद ब्यक्त गर्न , म सधै ऋणी रहने छु दाइ तपाइँ प्रती ।

काम सुरु गर्दा डर थियो , दाइको म प्रतिको बिश्वास पूरा गर्न सक्दिन कि भन्ने तर गित बजारमा आए सङ्गै यस्तो माया पायो कि दर्शक श्रोताको ५ दिनमा ५० लाख जनाले हेरिदिनुभयो ।।

फेरि पनि मलाई बिश्वास गर्ने आदरणीय दाइ प्रकाश सपूत , गित तयार गर्ने टिम र आदरणीय भगवान रुपि दर्शक श्रोता प्रती शिर निहुराएर नमन:राम्रो गरिरहन पाँउ , अग्रजको माया अटुट रहोस , दर्शक श्रोता प्रती कृतज्ञ रहिरहन पाँउ । तपाइकै सीमिक्षा अधिकारी

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal