चोकतिर केटा हो, चोकतिर’ भनेर भाइरल भएका मानबहादुरले के गर्छन्

 

गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडियाेमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ।

उनले बनाएको भिडियाेको सानो अंश ‘के हो, कहाँ हो? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म…’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडियाे बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम बढेको छ।

टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन् । त्यसमा प्रशस्त मिम बनिरहेका छन्। केही सेकेन्डको त्यो भिडियाे टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।

के गर्छन् मानबहादुर

मानबहादुर पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन् ।

भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। गणेशले नै उनको भिडियाे हालेका थिए

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal