आइतबार , माघ ९, २०७८

बेहोस भएका विद्यार्थीको विद्यालयमै मृ’त्यु

पुष ११, २०७८ आइतबार 147

तनहुँ- विद्यालयमै बे’होस भएका तनहुँका एक विद्यार्थीको मृ’त्यु भएको छ ।

तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृ’त्यु भएको हो ।

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृ’त्यु भएको पवित्रा

माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिनुभयो । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो ।

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृ’तकका आफन्तलाई खबर गरिसकिएको छ ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताउनुभयो ।

मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन,” उहाँले भन्नुभयो ।

नेकपा एमालेका नेता कोहि पनि एक रुपिँया भ्र’ष्टाचार’ गर्दैनन् : ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन्। एमाले पर्साले आयोजना

गरेको सभामा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टा’चारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।

एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ।

ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए। ‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ

प्रतिकृया दिनुहोस्