आइतबार , माघ ९, २०७८

बैतडी घर भएका नेपाल प्रहरीका सइमाथि खु’कुरी प्र’हार, एक जना प’क्राउ

पुष ११, २०७८ आइतबार 91

बैतडी घर भएका नेपाल प्रहरीका सइमाथि खुकुरी प्रहार भएको छ।

बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पदम अवस्थीमाथि खुकुरी प्रहार भएको हो ।

आफ्नै साथीलाई खुकुरी हानेर भागेका रामेछाम लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाण्डौंमा कार्यरत अवस्थीमाथि खुकुरी प्रहार भएको हो ।

अवस्थीको टाउकोमा ५ ओटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले बताए । उनको बीर अस्पालमा उपचार भईरहेको छ ।

यसैबीच आफ्नै साथी र प्रहरी नायव उपरीक्षक अवस्थीलाई खु’कुरी प्रहार गर्ने तामाङलाई प्रहरीले प’क्राउ गरेको छ ।

तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवा’द हुँदा दोलखाका सुवास तामाङलाई खु’कुरी हा’नेर शनि भागेका थिए।

उनलाई पक्रा’उ गर्नका लागि प्रहरीले पिछा गरेको थियो । सोही बेला तामाङले प्रहरी नायव उपरीक्षक अवस्थीमाथि समेत खुु’कुरी प्रहार गरेका थिए ।

दोलखाका सुवास तामाङलाई खु’कुरी हानेर शनि भागेका लिखुका शनि तामाङले प्रहरी नायव उपरीक्षक अवस्थीमाथि समेत खुुकु’री प्र’हार गरेका थिए । तर उनलाई पक्र’न भने प्रहरी सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्