आइतबार , माघ ९, २०७८

धनगढीका विद्यार्थीले बनाए १ लाख ५० हजार रुपैयाँमा विधुतीय कार” यस्तो छ बिशेषता !

पुष ११, २०७८ आइतबार 85

कैलाली – निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् ।

 
यस विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतीय कार निर्माण गरेका हुन् ।

झन्डै चार महिना लगाएर निर्माण गरिएको कारको लागत एक लाख ५० हजार रुपैयाँ रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो ।

 
चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’

गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताले ट्रक ज`लाएजनकपुरधाम। मल लु`टेको भन्दै किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक ट्रकमा आ`गज`नी गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आ`गज`नी गरेका हुन् । आ`गज`नीबाट ट्रकको अधिकांस भाग जलेको छ ।

यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सबारीसाधन तो`ड्फो`ड गरेका छन् । ‘अहिलेसम्म १० वटा गाडीमा तो`डफो`ड भएको जानकारीमा आएको छ’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

प्रतिकृया दिनुहोस्