आइतबार , माघ ९, २०७८

चो’र बाटोबाट अमेरिका जाँदा, सबै लु’टेर बीच जङ्गलमा हामीलाई हाम्रो अमेरिका पुग्ने सपनामात्र छाडेर गए।

पुष ११, २०७८ आइतबार 151

ब’न्दुकको ठूलो आवाजले हाम्रा हिँड्दै गरेका पाइला एकाएक रोकिए। घना जङ्गलबाट निस्किएर बन्दुकधारी लुटेराहरू हामीलाई घेरा हाल्न थाले।

ह’तियार तेर्साउँदै चर्को स्वरमा उर्दी दिएपछि हामीले घुँडा टेक्यौं र दुवै हात हावामा उठायौं।

ती लुटे’राले हाम्रा झोला खोतले, एकएक गर्दै लुगाफाटा केलाए अनि शिरदेखि पाउसम्म छामे। पैसा लु’काउन सक्ने आशङ्कामा भित्री वस्त्र समेत खोलेर हेर्न पछि परेनन्। 

बन्दु’कको नाल नि’धारमा टँसाएर मेरो हातको घडी फुकाल्दै गर्दाको क्षण मलाई जीवन र मृ’त्युको दूरी निकै छोटो लाग्यो।यसरी अमेरिका जान खुब ख’तरा हुन्छ भन्छन् त बाबु !’

आमालाई चिन्ता थियो।‘केही ख’तरा हुन्न आमा। तपाईं ढुक्क हुनुस्,’ मैले सजिलै ढाँटिदिएको थिएँ।

बुवाको शेषपछि घरकोआर्थिक संकटले झनै पिरोल्न थाल्यो मलाई। जेनतेन चलेको चियापसल पनि कोरोनाले ठप्प पारिदिएपछि परिवारको छाक टार्न समेत हम्मे बन्यो। 

अभावै अभावले सधैं घेरिएर बस्दाको तिक्तताले भित्रभित्रै गुम्सिएँ। यसको उन्मुक्तिमा दिनरात छट्पटाइ हिँडेको बेला कसैले सुनाइदियो मलाई- चोर बाटोबाट अमेरिका पुगिन्छ।

घरबाट हिँडेका हामी तीन नेपाली कयौं अवैधानिक अड्चन पार गर्दै २७ दिनपछि कोलम्बिया आइपुग्यौं। 

अमेरिकासम्म पुग्न हाम्रोअर्को गन्तव्य पानामा थियो। कोलम्बियाबाट पानामासम्म पुग्न ६६ माइलको डारिएन ग्याप् पैदलै पार गर्नुपर्छ। 

कुनै पनि मानव बस्ती नरहेको त्यस क्षेत्र पूरै घना जङ्गलले ढाकिएको थियो।निकै घना जङ्गल, हिंस्रक र विषालु जीव,लुटे’राहरूको उत्तिकै विगविगी अनि भौगोलिक अप्ठ्यारोका कारण डारिएन ग्याप्कोयात्रा निकै कठिन र जो’खिमपूर्ण थियो।

कोलम्बियाको सानो गाउँमा अन्य देशका थुप्रै आप्रवासीहरूसँग हाम्रो भेट भयो। डारिएन ग्याप् पार गर्न हामीलाई हामीजस्तै गैरका’नुनी रूपमा अमेरिका हिँडेका सहयात्री भेटिए। 

दुई दिनपछि त्यस गाउँबाट उत्तरतिर लाग्दा हामी तीन नेपालीसहित १४ जनाको समूह भयौं।‘पैसामात्र हैन हाम्रो सबै खानेकुरा समेत लुटे’र लगे,’

बाबुरामले रित्तो झोला देखाउँदै भने,‘अब के खाने ?’‘धन्न मा’रेनन्।’भुइँमा बसेर रमेशले ड’रले कामेको स्वरमा भने, ‘लुगाफाटा र भाँडावर्तन लगेनछन्।’

भयानक ड’रबाट तङ्ग्रेपछि सबै रोइकराइ गर्न थाले। घना जङ्गलभित्र हिँडेको तेस्रो दिनमै हामी लुटे’राहरूका फन्दामा पर्‍यौं। तिनीहरूले सबै लु’टेर बीच जङ्गलमा हामीलाई हाम्रो अमेरिका पुग्ने सपनामात्र छाडेर गए।

हामी त्यही सपना पछ्याउँदै पुनःअघि बढ्न थाल्यौं।हामी संयोगका सहयात्रीहरू भिन्न देशका तर उस्तै जस्तो हाम्रो बाध्यता। देशको विद्यमान राजनीतिक तिक्तता, असुरक्षा, बेरोजगार र आर्थिक संकटबाट उन्मुक्तिको आशमा एउटै सपनाको यात्रामा हिँडिरहेका थियौं। 

रहरले डोराएको यात्राभन्दा पृथक बाध्यताले कोरेको यो यात्रा न त सुरक्षित थियो न त गन्तव्यसम्म पुग्न भरोसा योग्य नै।

थुप्रै खोलानाला, मुटु काम्ने चट्टानहरू, अप्ठ्यारो उकालो र डर लाग्दो भिरालो पहाडहरू पार गर्दै हामी अनन्त हिँडी नै रह्यौं।घनघोर जङ्गलको यात्रामा

हिँडिरहेको हाम्रो भोको शरीरबाट बिस्तारै ताकत हराउँदै गयो। साथमा बोकेको सबै खानेकुरा लु’टिएपछि रित्तो पेट हिँड्नुको बिकल्प थिएन। 

मानव बस्तीरहितको यस डारिएन ग्याप्मा कसैको कतैबाट सहयोग पाउनु असम्भव थियो।‘यही जङ्गलमा खोजेर खानेकुराको व्यवस्था मिलाउनु पर्छ अब, ’ कसैले सुझाए।‘

अलमल गर्नुहुन्न। फेरि पनि डाँकाहरूको फन्दामा परिन्छ। बरू फटाफट हिँड्यौं भने डेढ-दुई दिनमा यो जङ्गल पार गर्न सक्छौं।’अर्काले मनासिब तर्क दिए।चाँडै पानामा पुगिने आशमा भोगलाई दबाएर यात्रालाई निरन्तरता दियौं। 

मनमा उब्जेको आशले पेटको भोगलाई सजिलै दबाइदियो।(सेतोपाटीबाट साभार: पूरा समाचार पढ्न सेतोपाटी डटकममा जानुहोला)

प्रतिकृया दिनुहोस्