आइतबार , माघ ९, २०७८

चाउचाउ उद्योगमा विस्फोट कम्तिमा ६ मजदुरको मृ’त्यु पुरा पढ्नुहोस्..!

पुष १२, २०७८ सोमबार 124

काठमाडौं । भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको ज्यान गएको छ ।

आइतबार बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा परी कम्तिमा ६ जना मजदुरको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विस्फोट निकै ठूलो भएका कारण ५ किलोमिटरसम्म आवाज सुनिएको थियो । विस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न ५ वटा दमकल परिचालन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

विस्फोटका कारण नजिकैका संरचनामा समेत क्षति पुगेको समाचारमा उल्लेख छ ।

हाल चाउचाउ उद्योगमा उद्दार कार्य जारी रहेको छ । घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

थप,७७ जिल्ला समितिलाई राजेन्द्र लिङ्देनको सुझाव
केही दिनअघि दाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा २५ केजीको फूलको

माला अस्वीकार गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं आउनासाथ माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्लालाई निर्देशन दिएका छन्।

दाङको सभामा कार्यकर्ताले ठूलो माला लगाउन खोज्दा अध्यक्ष लिङ्देनले २५ किलोको माला लगाउने काम गरिसकेको छैन, देश र जनताका लागि धेरै काम गर्न बाँकी छ, त्यसपछि माला लगाउँला पहिले काम गरौं भनेका थिए।

पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरु जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न,

सादगी व्यवहार आचरण अपनाउन केन्द्रीय कार्यालयले मातहतका निकायलाई सर्कुलर गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

जनताको जीवन शैली पहिले परिवर्तन हुनुपर्ने ,र जनताको जिवनशैली परिवर्तन भएपछि मात्रै माला,खादा लगाउन पनि

सुहाउँछ, उनले भने, लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि जनलहर उल्लेखनीय देखिएको छ,

प्रतिकृया दिनुहोस्