आइतबार , माघ २, २०७८

जसले दिनरात गरेर रंगशाला बनाए, तिनैलाई ज’बर जस्ती बिदामा पठाउदै कतार सरकार

पुष १३, २०७८ मंगलबार 61

फुटबल हेर्न आउने दर्शकले सुकिला मुकि’ला मात्र देखुन भनेर कतारले रंगशालालगायतका पूर्वाधार बनाउने आ’प्रवासी श्रमिकलाई घर पठाउने

विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हता’र

फुटबल महामेला आयोजना गर्ने कतारको सपना पूरा गराउन आप्रवासी श्रमिकले आठ रंगशालासहित पूर्वाधारमा रातदिन पसिना ब’गाए, तर समृद्ध दर्शकको नजरमा वि’पन्न श्रमिक नपरुन्

भनेर चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय
‘हाम्रै हातले बनाएको मैदानमा मेसी र रोनाल्डो खेल्न आउँदै छन्, म आफैं पनि फुटबल भनेपछि हुरुक्क हुने मान्छे ।

तर, कतार सरकारले हामीलाई नै खेल हेर्न नि’षेध गर्न लागेको देखेर मन दुः’खी छ, श्रमको अप’मान यही होइन र ?’

काठमाडौँ — आगामी वर्ष हुने विश्वकप फुटबलमा दुनियाँलाई आमन्त्रण गरिरहेको कतारले रंगशालालगायतका पूर्वाधार बनाउने आप्रवासी श्रमिकलाई भने घर पठाउने नीति लिएको छ ।

समृद्ध देशका दर्शकका अगाडि विप’न्न कामदार देखिएलान् भनेर उनीहरूलाई चारमहिने बिदामा पठाउन कतार सरकारले निर्णय गरेको हो ।

विश्वकप फुटबल २०२२ का मुख्य खेल हुने कतारको लुसेल रंगशाला निर्माणमा खटिएका श्र’मिक । फाइल तस्बिर : एपी
आगामी वर्षको २१ नोभेम्बरमा कतारमा विश्वकप फुटबलको २२ औं संस्करण सुरु हुँदै छ ।

३२ टिमबीच हुने प्रतिस्पर्धाका लागि आठ भव्य रंगशाला बनेका छन् । २८ दिन चल्ने महामेला हेर्न १५ लाख दर्शक आउने आयोजकको अनुमान छ । उनीहरूको नजरमा भव्य पूर्वाधार र सुकिला मानव मात्र परून् भन्ने कतारको चाहना छ ।

कतारको यो भव्य सपना सफल पार्ने क्रममा नेपाल, भारत, बंगलादेशसहितका २६ लाख आप्रवा’सीले पसि’ना बगाएका छन् । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई बिदामा पठाउन सरकारको जोड छ ।

कतारमा अहिलेसम्म २० लाख नेपाली गइसकेका छन् भने करिब चार लाख कार्यरत छन् । कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले विश्वकप सुरु हुनु दुई महिनाअघि नै ‘अत्या’वश्यकबाहेकका’

श्रमिकलाई चारमहिने बिदामा पठाउन कम्पनीहरूलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले २१ सेप्टेम्बर २०२२ देखि १८ जनवरी २०२३ सम्म बिदामा पठाउन भनेको छ ।

‘विश्वकपको समयमा अत्यावश्यकबाहेकका श्रमिक क’टौती गर्न श्रम मन्त्रालयको निर्देशन आएको छ,’ पब्लिक वर्कर्स अथोरोटीद्वारा रोजगारदाता कम्पनीहरूलाई पठाइएको पत्र नम्बर २०२१/४२ मा भनिएको छ,

‘सबै रोजगारदाताले बढीभन्दा बढी श्रमिक कटौ’ती गरी बिदामा पठाउन रणनीतिक योजना बनाएर पेस गर्नुहोला ।’ श्रमिकलाई घर फिर्ता पठाउँदा सडकलगायत परियोजनामा पर्न सक्ने अस’रलाई पनि ध्यानमा राख्न भनिएको छ ।

निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई बिदामा राख्ने तयारी भएकाले सबैभन्दा बढी प्रभाव’मा नेपाली नै पर्ने सम्भा’वना छ ।

श्रम मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार कतारमा काम गर्ने नेपालीमध्ये निर्माण क्षेत्रमा १४.८ प्रतिशत, सवारी चालक र मेसिन अपरेटर ८.३ प्रतिशत,

इलेक्ट्रिकल तथा मेकानिकल टेक्नेसियन ८ प्रतिशत, सामान्य सेवामा ५६.८ प्रतिशत, सेवाजन्य काममा ७.९ प्रतिशत र अन्यमा ५.२ आबद्ध छन् ।

कतारबाट एक महिनाअघि मात्रै फिर्ता गरिएका पूर्वनेपाली राजदूत नारदनाथ भारद्वाज कतार निर्माणमा पसिना बगाएका श्रमिकलाई बाध्यकारी रूपमा फिर्ता गर्न नहुने बताउँछन् ।

विश्वकप खेलाउने कतारको ठूलो सपना हो । जसले कतारको सपना पूरा गरिदिएको छ, उसलाई अन्तिम रौनकका बेला फिर्ता गर्नु न्या’योचित होइन,’ उनले कान्तिपुरसँग भने ।

खाडी क्षेत्रमा कार्यरत आप्र’वासी श्रमिकको मामिलामा कार्यरत इक्विडियम अनुसन्धान केन्द्र, दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल विश्वकपको पूर्वाधार खडा गर्न दिनरात खटिएका श्रमिकहरूलाई नै प्रतियोगिताकै बेला घर फर्काउनु ग’लत भएको बताउँछन् ।

स्वैच्छिक रूपमा फर्कन चाहनेहरूलाई पनि प्रक्रिया सहज हुनुपर्ने उनको भनाइ छ । ‘स्वदेश फिर्तीको विषय ऐच्छिक हुनुपर्छ, बा’ध्यकारी बनाइनु हुँदैन । विश्वकप सफल पार्न काम गरेका श्रमिकले टिकट काटेर खेल हेर्छु भन्छन् भने पाउनुपर्छ,’

उनी भन्छन्, ‘बिदामा पठाउने हो भने चार महिनाको तलब के हुन्छ ? यात्राको प्रबन्ध के हुन्छ ? यी विषय स्पष्ट हुनुपर्छ । एकै पटक बिदामा पठाउने नीति सानोतिनो तयारीले पुग्दैन ।’

विश्वकपलाई लक्षित गरेर बनाइएका आठमध्ये एउटा रंगशाला बनाउन काम गरेका मोरङका राकेश राईले विश्वकपका बेला आफूहरूलाई फिर्ता पठाउने खबरले दुःखी बनाएको बताए ।

अल रैयानस्थित एजुकेसन सिटी रंगशाला निर्माणमा संलग्न उनले भने, ‘म यसअघि रेलवे बनाउने काममा लागें, एजुकेसन सिटीमा पसि’ना बगाएँ ।

हाम्रै हातले बनाएको मैदानमा मेसी र रोनाल्डो खेल्न आउँदै छन्,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘म आफैं पनि फुटबल भनेपछि हुरुक्क हुने मान्छे ।

तर, कतार सरकारले हामीलाई नै खेल हेर्न नि’षेध गर्न लागेको देखेर मन दुःखी छ, श्र’मको अपमा’न यही होइन र ?
होम कार्की कान्तिपुर बाट

प्रतिकृया दिनुहोस्