आइतबार , माघ ९, २०७८

ओलीले आश्वासन बाँडे, रामकुमारीले लालपूर्जा बाँडिन्

पुष १४, २०७८ बुधबार 60

काठमाडौं । साढे तीन वर्ष सरकार चलाउँदा केपी शर्मा ओलीले जनतालाई विकासका अनेक आश्वासन बाँडे, तर परिणाम केही भएनन् ।

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरु भने आश्वासन भन्दा रिजल्टमा केन्द्रीत भएका छन् ।

सरकारमा गएको छोटो अवधिमै समाजवादीका मन्त्रीहरुले राम्रा काम गरेर जनताको मन जित्न थालेका छन् ।सहकारी विकास मन्त्री रामकुमारी झाँक्रिले पनि केही राम्रा काम थालेकी छिन् ।

नवलपरासी स्थित वर्दघाट (साविक दाउन्ने गाविस)मा लामो समय देखि अब्यवस्थित रूपमा बसोबास गरी बस्दै आएका स्थानीयलाई प्रक्रिया पूरा गरी लालपूर्जा वितरणको कामको उनले शनिबार सुरुवात गरेकी छिन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत यस्तो कामको सुरुवात गरिएको हो ।

विसं २०२० साल देखि पुर्नबास कम्पनी, राष्ट्रिय वस्ती विकास कम्पनी हुदै आएको राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको सरकारी कम्पनी हो।

यो कम्पनी बन्नु भन्दा पहिले विसं २०१३ साल देखि रापती दून कार्यक्रम अन्तर्गत बसोबास गरेका हकवाल नागरीकलाई जग्गा धनि पूर्जा दिनु पर्ने थियो।

Pलामो समय देखि सिर्जित सरकारी दायित्वबाट कम्पनीले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने छ ।

केही राजनितीक मुद्दा, केही सामाजिक मुद्दा, केही स्थानीय समस्या र कतिपय ब्यवस्थापकिय कामको झमेलाको कारण यो कार्य आजसम्म सम्पन्न हुन सकेको थिएन।

नवलपरासी स्थित वर्दघाट साविक दाउन्ने गाविसमा पनि लामो समय देखि अब्यवस्थित रूपमा बसोबास गरी बस्नु भएका करीव छ सय परिवारलाई जग्गा सर्जमिन, नापजाँच र छानविन कार्य सम्पन्न गरीएको छ।

प्रचलित कÞानून बमोजिम मालपोतले निर्धारण गरेको राजश्व दाखिला गरी सूचना बमोजिम जग्गा धनी पूर्जा वितरणको काम आज मिति २०७८ पौष १० गतेबाट सुरूवात भएको छ।

प्रतिकृया दिनुहोस्