आइतबार , माघ २, २०७८

मलेसिया, साउदी अरब र कतार नेपाली युवाको लागि असु’रक्षित

पुष १४, २०७८ बुधबार 86

नेपाली युवाहरुका लागि मलेसिया, साउदी अरब र कतार असुरक्षित देश रहेको पाइएको छ ।

एक आर्थिक वर्षमा मलेसिया र खाडी राष्ट्र साउदी अरब र कतारमा आठ सय ८० जना नेपाली युवाले ज्या’न गुमाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा साउदी अरबमा तीन सय ६२ जना (महिला दुई जना),

मलेसियामा दुई सय ८० जना (महिला एक जना) र कतारमा दुई सय ३९ जना (महिला दुई जना) युवाहरुले ज्यान गु’माएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७-०७८ मा एक हजार दुई सय ४२ जना (महिला २९ जना) ले युवाले विदेशमा ज्यान गुमा’एकोमध्ये करिब ९० प्रतिशत युवाले मलेसिया र खाडीका छ

राष्ट्रमा ज्यान गु’माउने गरेका छन् ।असु’रक्षित र बाध्या’त्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीअन्तर्गत मलेसिया र खाडी मुलुकहरुमा सबैभन्दा बढी नेपालीहरुले ज्यान गु’माउने गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा संयुक्त अरब इमिरेटस (यूएई)मा दुई सय आठ जना (महिला १२ जना), कुवेतमा ५५ जना (महिला तीन जना), बहराइनमा ३१ जना (महिला दुई जना) र ओमानमा सात जना युवाले ज्यान गुमाएका छन् ।

मलेसिया र खाडी मुलुक आप्रवासी कामदारको लागि जोखिम मुलुकको रुपमा छन् ।

ती मुलुकहरुमा कार्यस्थल सुरक्षित तथा व्यवस्थित नहुँदा समेत नेपालीहरुले अकालमा ज्या’न गु’माउनुपरेको छ । आप्रवासी श्रमिकहरुलाई लिएर अपर्याप्त कानुन र कानुन कार्यान्वयन नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् ।

यसको मारमा नेपाली युवा(कामदार)हरु पनि पर्छन् । अर्कोतर्फ नेपाली युवाहरु मलेसिया र खाडी छ राष्ट्रहरुमा असुर’क्षित समेत रहँदै आएका छन् ।

एम्नेस्टी इन्टरनेशनलेको प्रतिवेदनअनुरुप कतारमा आप्रवासी कामदारको मृ’त्यु भएको खण्डमा उचित कानुनी उपचार समेत नहुने गरेको उल्लेख गरेको छ ।

आप्रवासी अर्थात् नेपाली कामदारको मृ’त्यु भएको खण्डमा कतारकै स्थिति मलेसिया र खाडीका छ राष्ट्रमा समेत छ ।

यस्तै आकर्षक कमाइ हुने राष्ट्र दक्षिण कोरियामा समेत नेपाली युवाहरुको मृ’त्यु हुनपुगेको छ । आर्थिक वर्ष २०७७-०७८ मा दक्षिण कोरियामा १३ जना (एक जना महिला), जापानमा नौ जना, ओमानमा सात जना,

जोर्डनमा छ जना (महिला तीन जना), मकाउमा तीन जना, टर्कीमा तीन जना (महिला एक जना), रोमानियामा तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

विदेशबाट फर्केका युवाहरुले समेत स्वदेशमा ज्यान गुमाएका छन् । सोही वर्ष विदेशबाट फर्केका पाँच जना नेपाली युवाहरुले ज्यान गुमाएका छन् ।

दक्षिण कोरिया, जापानलगायतका मुलुकमा भने दुर्घ’टनामा परेर नेपालीहरुको ज्यान जाने गरेको छ । ती मुलुकहरुको कार्यस्थल सुरक्षित हुने हुँदा नेपाली युवाहरु काम गर्दा भने सुरक्षित हुने गरेको छ ।

यस्तै सोही वर्ष अफगानिस्तान, अल्जेरिया, चीन, साइप्रस, ब्रुनाई, इजरायल, माल्दिभ्स, पोल्यान्ड, पोर्चुगल, सेचेल्स, सिंगापुरमा समेत नेपाली युवाहरुले ज्यान गुमाएका छन् ।

विदेशमा कार्यस्थल जोखिम, दुर्घ’टनालगायतका कारण नेपाली युवाको ज्यान जाने गरेको छ भने कतिपय अवस्थामा भने युवाहरुबीच हुने झैँझगडा, सडक नियम नमान्दा लगायतका कारणले गर्दा समेत ज्यान जाने गरेको छ ।विदेशमा ज्यान गएका युवाहरुलाई वैदेशिक रोजगार बोर्डले कल्याणकारी कार्यअन्तर्गत आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

सोही क्रममा आर्थिक वर्ष २०७७÷०७८ मा करोडौं रकम वितरण गरेको छ ।बोर्डले वैदेशिक रोजगारीको क्रममा मृ’त्यु भएकाका परिवारलाई ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ ।

यस्तै मृ’तकको श’व घर ठेगानासम्म पु¥याउन १७ लाख ९४ हजार रुपैयाँ र श’व झिकाउन समन्वय र सहयोगका लागि ९० लाख ६७ हजार रुपैयाँ बोर्डले वितरण गरेको छ ।

विदेश जाने युवाहरुलाई आर्थिक सहयोगभन्दा विदेश जानुअघि पर्याप्त अभुमिखीकरण तालिम दिएमा ज्या’न बचाउन सकिने विज्ञ तथा सरोकारवालाले बताउँदै आएका छन् । त्यसैले गर्दा सरकारले यसतर्फ चाहिँ ध्यान दिनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्