आइतबार , माघ २, २०७८

गोंगबुबाट सेनाका हवल्दार सहित चार जना पक्रा’उ, कारण थाहा पाउँदा छक्क पर्नुहुन्छ !

पुष १५, २०७८ बिहिबार 63

प्रहरीको महानगरीय अ’पराध महाशाखाले नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई प’क्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् ।

चार थान रेडपाण्डाको छा’ला सहित दुईजना प्रहरी कार्यालय सहयोगी र एकजना सेनाका हवल्दारलाई महानगरीय अपराध महाशाखाले प’क्राउ गरेको छ ।

काठमाडौँको गोङ्गबुबाट रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई प’क्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् ।

अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले चार जना प’क्राउ परेको पुष्टि गरेपनि संगठनमा संलग्नताबारे पुष्टि भइनसकेको बताए ।

उनले भने, ‘दुई जना प्रहरी कर्मचारी भएको खुलिसकेको छ, सेनाको हकमा पुष्टि भइसकेको छैन ।’

अनुसन्धानमा सं लग्न एक अधिकृतका अनुसार सैनिक कर्मचारी भएको पुष्टि भए अनुसन्धान र कारबाही प्रक्रिया जंगीअड्डाले नै अघि बढाउँछ ।

सैनिक अदालत छल्न पनि पक्रा’उ पर्ने सेनाका कर्मचारीले आफू सैनिक भएको बताउँदैनन्’ उनी भन्छन्, ‘जंगीअड्डासँग पनि समन्वय गर्छौं र सैनिक भएको पुष्टि भए उतै बुझाउँछौं ।’

उनीहरुको साथबाट दुलर्भ वन्यजन्तु रेडपाण्डाको चार वटा छा’ला बरा’मद भएको खापुङले बताए ।

प्रहरीले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्