आइतबार , माघ ९, २०७८

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ ?

पुष १५, २०७८ बिहिबार 111

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् ।

सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।

सैनिक अधिकारीहरुका अनुसार हरेक दुई वर्षमा पहिलो वर्ष आधा र अर्को वर्ष बाँकीले आफ्नो ईलाका क्षेत्रमा सामुहिक तालिम गर्ने गर्छन् ।

फौजको मनोबल उच्च राख्न र सधै तयारी अवस्थामा रहन बल पुग्ने यसप्रकारको तालिम आफ्नो गण र गुल्म नजिक रहेको जंगल क्षेत्रमा हुनेगर्छ ।

हतियार चलाउनदेखि कठिन परिस्थितीमा समेत बाँच्ने कला सिकाउने यो तालिम ब्यक्ति र समूहगत रुपमा हुने गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कमाण्ड सम्हालेको पहिलो प्रवचनमै सामुहिक तालिममा जोड दिएका थिए ।

यसले सेनालाई तदारुक अवस्थामा राख्ने र आइपरहेको खण्डमा तुरुन्त क्षेत्रमा जानसक्ने भएकाले उनले यसप्रकारको तालिममा जोड दिएका थिए ।

यसप्रकार सामुहिक तालिम हरेक दुई वर्षमा पहिलो वर्ष आधा र अर्को वर्ष बाँकीले आफ्नो ईलाका क्षेत्रमा सामुहिक तालिम गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस्