आइतबार , माघ ९, २०७८

अरुलाई फसाउन खोज्दा आफै फसे , हेर्नुहोस!

पुष १५, २०७८ बिहिबार 72

जुवाडे’बाट चेक बरामद गरेपछि मु`द्दा चलाउनुको साटो काठमाडौँ प्रहरीले आरो`पीलाई नै फिर्ता गरेको घ`टनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।

अप`राध अनुसन्धान विभागका डिआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौँको चेक ब`रा`मद गरेको थियो ।

सो चेक जुवा खालमा काटे,को र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि एसएसपी अशोक सिंहले मु`द्दा चलाउन अस्वीकार गरेर चेक फिर्ता गरेको आरो`प छ ।

घट`नाबारे गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो । समितिका सदस्यहरूमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् ।

असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा का`रो`बार गर्ने अफिसमा जुवा खेलेका थिए ।

त्यहाँ आफूलाई बोलाएर म`दि`रामा अखाद्य बस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट प्रहरीमा उ`जु`र गरेका थिए ।

काठमाडौँका तत्कालीन एसएसपी अशोक सिंहले चेक चोरेको आरोप लागेका सुभाष भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेका थिए ।

‘९९ आना’को सिसिटिभी फु`टेज हेर्दा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि लिएको थियो । जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि

एसएसपी सिंहले मु`द्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेका थिए । पुस २ मा सरुवा भएर अर्का एसएसपी सुदिप गिरी काठमाडौँमा हाजिर हुन आए ।

गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आ`रो`पी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको उ`जु`री परेको छ ।

गृह मन्त्रालयले पत्राचार गरेपछि घ`टना छानबिनका लागी अ`प`राध अनुसन्धान विभागलाई जिम्मा दिइएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।

उनले भने–‘अपराध अनुसन्धान विभागले आवश्यक अनुसन्धान गरिरहेको छ ।’ रातोपाटी बाट

प्रतिकृया दिनुहोस्