आइतबार , माघ ९, २०७८

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागु’औषध कारोबारमा पक्राउ,,

पुष १५, २०७८ बिहिबार 79

काठमाडौँ — चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् ।

बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए ।

‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,’ एसपी थापाले भने,

उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।’एसपी थापाले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।

थप:महेश सिंह – पुस १४, लहान : सिरहाको लहानमा टुर्स एण्ड ट्राभल्स खोलेर वैदेशिक रोजगारीको ध’न्दा गर्दै आएका बाबु छोरा सयौ युवाहरुसँग करोडौं अशु’ली गरेर फरा’र भएका छन् ।

ठ’गिमा संलग्न लालबाबु महतो हुन् । उनले सिरहाको लहान -२ मिलन चौचोकमा माँ भवानी टुर्स एन्ड ट्राभल्स संचालन गर्दै आएका थिए । उनि महोत्तरी जिल्लाको वडा नम्बर १ महोत्तरी पिपरा बस्ने व्यक्ति हुन् ।

पी’डितहरुको अनुसार उनिबाट करिव चार सय युवाहरु ठ’गिएका छन् । साथै ठ’गिएका युवाहरुबाट महतोले करिब ४ करोड भन्दा बढी रकम ठ’गी गरेको दावी गरिएको छ ।

पीडि’तहरु उनको कार्यालय अगाडी आएर मेला लाग्न थालेपछि उनि फरार छन् ।

प्रतिकृया दिनुहोस्