आइतबार , माघ ९, २०७८

बिना मगरका छोरा पढ्छन् नेपालकै महँगो स्कुलमा, एक महिनाकै शुल्क सुन्दा होश उड्न सक्छ !

पुष १५, २०७८ बिहिबार 117

काठमाडौं, मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे ।

पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ ।

युलेन्स स्कुलमा स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने

क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागू गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको जनाइएको छ ।

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष ‘प्रचण्ड’ को प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलेको थियो ।

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गर्नुभयो ।

प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।

गत आइतबारबाट शुरू भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्