आइतबार , माघ ९, २०७८

हजुरबुबामाथि नातिनीले गरिन् खु’कुरी प्र’हार,धन्न यसरी बाँ’चे

पुष १६, २०७८ शुक्रबार 53

रुकुम पश्चिम — नातिनीको खु’कुरी प्र’हारबाट बाँफिकोट गाउँपालिका १ का ७४ वर्षीय दाना शाही घा’इते भएका छन् ।

उनकी १७ वर्षीया उर्मिला मल्लले खु’कुरी प्रहा’र गरेकी हुन् ।

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घा’इते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चो’ट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकु’री हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खु’कुरी हानी ।’

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्र’मण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसु’तेको र बिहापख नजिकै बसेकी नातिनीले खुकु’री हानेको उनले बताए ।

घाँ’टीमै हानेको खु’कुरी आफूले छल्दा गाला र हातमा ला’+गेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए ।

उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्