आइतबार , माघ ९, २०७८

बोर्डका सिईओप्रति मन्त्रीको आ’क्रोश, ‘यस्ता साँढेलाई सिईओ बनाएपछि संस्था चल्छ ?’

पुष १६, २०७८ शुक्रबार 44

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ

शुक्रबार नेपाल पर्यटन बोर्डको २३औं वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभयो ।

उहाँले हाल छानबिनका क्रममा रहनुभएका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

मन्त्री आलेले सिइओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न

नसक्ने बताउनुभयो । उहाँले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।

आफू लण्डन जाँदाको प्रसङ्ग झिक्दै उहाँले भन्नुभयो, ‘यहाँबाट म लण्डनको प्रोग्राममा गएँ ।

त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरूसहित विभिन्न साथीहरू, हाम्रो देश सेभ जोनमा छ भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो ।

त्यो फोरममा बोल्ने इच्छा थियो । तर, त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू ।’

उहाँले थप्नुभयो, ‘त्यहाँ १७ देश जतिका मन्त्रीहरू राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु ।

एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो ।’

‘अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने,

त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ ?’ उहाँले भन्नुभयो, ‘म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ ।’

उहाँले फेरि थप्नुभयो, ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई ।

४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताउनुभयो । उहाँले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले

आएकोले भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो ।

उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो ।

प्रतिकृया दिनुहोस्