आइतबार , माघ २, २०७८

दा’हसंस्कार गरेको ६ वर्षपछि आमा साउदीको जे’लमा जि’उँदै

पुष १६, २०७८ शुक्रबार 51

काठमाण्डौ – दाह’संस्कार गरेको छ वर्षपछि आमा साउदीको जेलमा जिउँदै भेटिँदा नवलपरासीको सुनवलकी सुशीला मगरका मनमा उब्जेको पहिलो प्रश्न थियो

“मेरी आमाको नाममा साउदीबाट आएको त्यो ला’स कसको थियो?” त्यसपछि सुशीलालाई अनेक प्रश्नहरूले घेरेका छन् ।सबै प्रश्न अनुत्तरित छन् ।

तर, सुशीला छ वर्षदेखि एउटै प्रश्नको जवाफ खोज्दै हुनुहुन्छ “आमालाई मृ’त्युदण्डबाट कसरी बचाउने ?” 

कसको दा’हसं’स्कार थियो त्यो ?सुशीलाले २०६८ सालमा साउदीबाट बाकसमा आएको आमाको श’व पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुभयो ।

लास आउँदा आमा साउदी गएको सात महिना मात्र भएको थियो । दाहसंस्कार गरेको ६ वर्षपछि सुशीलालाई काजकिरिया गरिसकेकी आमा साउदीमा जीवितै रहेको अर्को खबर आयो । 

खबर खुसीको थियो, तर अति अपत्यारिलो । छ वर्ष बिते पनि बाकसमा आएको आमाको शव आफ्नै हातले विमानस्थलबाट बुझेर पशुपतिमा दाहसंस्कार गरेको पीडा मनमा गाढै थिए ।

तर, उनै आमा साउदीको जेलमा जिउँदै रहेको खबर सुन्दा मनमा हर्ष र पीडाका लहर एकसाथ दौडिए । (उज्यालो बाट )

प्रतिकृया दिनुहोस्