आइतबार , माघ ९, २०७८

नेपाली दाजुभाइको शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडान गर्दा हुँदैन’- क्याप्टेन बिजय लामा

पुष १७, २०७८ शनिबार 63

काठमाडौं : नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने अनुभव व्यक्त गरेका छन् ।

‘मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौं शव ल्याउनलाई’, उनले भनेका छन्, ‘देशको स्थिति नै यस्तै छ । धनी र ठूलाबडाहरूलाई मात्रै हो त यो देश कि सबैलाई हो ?

आज (शनिबार) मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याई पुर्‍याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादायक हुने उल्लेख गरेका छन् ।

जुलाई १७ अर्थात शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ

भन्दै लामाले यस्तो संख्या सरकारको लागि तथ्याङ्कमा मात्रै सीमित भए पनि मृ’तक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गरेका छन् ।

यस्तै उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन् ।

उनी नेतृत्वको नेवानि जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ । मलेसियामा ज्यान गुमाएका नेपाली युवा युवतीमध्ये अझै १८ जनाको श’व ल्याउन बाँकी रहेको उनले बताएका छन् ।

उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आ’क्रोश पोखेका छन् ।

‘अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरी एकआपसमा झगडा गर्न ?’, लामाले सोधेका छन्,

यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र ?’

प्रतिकृया दिनुहोस्