आइतबार , माघ २, २०७८

हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर

पुष १८, २०७८ आइतबार 46

गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ ।

अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो ।

उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका-५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए ।

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरू चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए ।

शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए ।

उहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

यस्तै,दाङ । दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृ’त्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृ’त्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ बजेतिर उनकी श्रीमती उठ्ने बेला उनको मृ’त्यु भइसकेको थियो ।

श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य छ ।

उनको शव भने घरभित्रै रहेको छ । प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर श’व परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए । सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्