आइतबार , माघ ९, २०७८

५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

पुष १८, २०७८ आइतबार 36

नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला

राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो

पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो ।

बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

थप,अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राई ‘राइज किङ’ माथि हा`तपा`त नभएको आयोजकले स्पष्टीकरण दिएको छ ।

बुद्ध ट्याक्स एण्ड अकाउन्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झु`क्या`एर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हा`तपा`त गरेजस्तो देखिएको बताए ।

उनले भने, ‘पछाडिबाट अंगालो हाल्दा हा`तपा`त भएको भन्ने सत्यता होइन । उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उ`क्लिए`का थिए ।’

आयोजक श्रेष्ठले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नका`रात्मक नसोचिदिन आग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।

त्यसो त फ्याले आफूलाई पछाडिबाट अचम्म तरिकाले आफूलई
अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वा`लामुखी पनि पचाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’

प्रतिकृया दिनुहोस्