आइतबार , माघ ९, २०७८

पाल्पा बस दुर्घ’टना अपडेट : ज्या’न गुमाउनेको परिचय खुल्यो

पुष १८, २०७८ आइतबार 65

पाल्पा : बुटवलबाट श’व बोकेर पाल्पाको रिडी अन्त्येष्टीका लागि हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दु’र्घटना हुँदा घ’टनास्थमै ७ जनाको मृ’त्यु भएको छ भने १५ जना घा’ईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा अर्घाखाची मलारानी गाउँपालिका-२ का २५ वर्षीय शंकर विक सोही स्थानकै ३६ वर्षीय मोहन कुवँर,

सोही स्थानकै २८ वर्षीय भोजेन्द्र विक, सोही स्थानकै ३३ वर्षीय अर्जुन विक बुटवल उपमहानगरपालिका-१७ का ३० वर्षीय पशुपती रसाली, सोही स्थानकै ४० वर्षीय खुमबहादुर राना,

बुटवल उपमहानगर-११ का ३२ वर्षीय विजय थापाक्षेत्री रहेको प्रहरी नायव उपरीक्षक एव‌ सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका ६८ वर्षीय मृतक विरबहादुर विकको शव लिएर रिडी जाँदै गर्दा पाल्पाको लघुवामा दुर्घ’टना भएको हो । 

घाइ’ते १५ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना लुम्बनी मेडिकल कलेज प्रभास र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार घा’इते हुनेमा बुटवल-१७का ३८ वर्षीय विशाल रसाइली, सोही स्थानकै ४५ वर्षीय धनबहादुर सुनार, सैनामैना-६ रुपन्देहीका ३१ वर्षीय मिरा रामदाम, सोही स्थानकै ५० वर्षीय श्याम बहादुर विक, पाणीनी-१ अर्घाखाचीका ४५

वर्षिय गोपाल नेपाली, छत्रकोट-३ अर्घाखाचीका ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ अर्घाखाचीका ३७ बर्षिय रमेश टोहटो, तिलोत्तमा-१४ रुपन्देहीका ४५ वर्षिया दिलमाया सुनार, सोही स्थानकै तारा सुनारको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ । 

यस्तै घा’ईते भएका मालारानी-२ अर्घाखचीका ३९ वर्षीय तुल्सीराम विक, सोही स्थानकै २२ वर्षीय दिपक विक ४० वर्षीय अर्जुन रसाईली, ३५

वर्षीय लक्ष्मण टोहटो, २७ वर्षीय विष्णु विक, १३ वर्षीय बरुण रसाईली र बुटवल उपमहानगरपालिका-१२ का ४८ वर्षीय माधवप्रसाद बस्यालको मिशन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

बस दु’र्घटनास्थलमा शीत परेको चिसो भएको, साँघुरो घुम्तीरहेको सडक किनारका डिभाईडर भत्काउँदै घिसारिएर दु’र्घटना भएको छ ।

तराई क्षेत्रमा चलाएको चालक रहेको, पहाडी बाटोमा अनुभव नभएकोले दु’र्घटना भएको अन्य सवारी चालकहरुले बताएका छन् । प्रहरीले घ’टनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । 

बस पल्टिदाँ च्यापिर ३ जना मलामीको मृ’त्यु भएपछी डोजर स्काभेटर प्रयोग गरी श’व निकालिएको थियो ।

प्रतिकृया दिनुहोस्