आइतबार , माघ २, २०७८

ठेक्का लाग्यो पक्की पुलको, तर बन्यो बाँसको पुल !

पुष १९, २०७८ सोमबार 38

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँ पालिकाको सीमा क्षेत्रबाट बग्ने

बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।

पुल नबन्दा राजगढ बाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् ।

स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रति साइकल २० र प्रति मोटरसाइकल एक सय रुपियाँ सम्म ठेकेदारले रकम असु`ल्दै आएका छन् ।

बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बि`तिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन ।

लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठेक्का अहिले अ`लप`त्र जस्तै बनेको छ ।

यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय आ`क्रो`सित बनेका छन् । तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो ।

पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन । याे खबर गाेरखापत्र दैनिकमा छ।

प्रतिकृया दिनुहोस्