आइतबार , माघ ९, २०७८

रामकुमारी झाँक्रीले खाइन ‘पिर्के सलामी’, सामाजिक सञ्जालमा चर्को आलोचना

पुष १९, २०७८ सोमबार 47

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्रीले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको छ ।

गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट ‘पिर्के सलामी’ लिँदैको तस्वीर आइतबार सार्वजनिक भएको थियो ।

गुल्मी मन्त्री झाक्रीको गृहजिल्ला पनि हो । पिर्के सलामीको विगतमा पनि चर्को आलोचना हुने गरेकोमा गणतन्त्रवादी नेतृत्वको पहिचान बनाएकी झाँक्रीले सलासी लिएर आलोचना खेपेकी हुन् ।

विगतमा यस्तो पिर्के सलासी पर्थाको स्वयम उनैले आलोचना गर्दै आएकी थिइन् ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्री दर ११९ रुपैयाँ २४ पैसा रहेको छ ।

 
युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र विक्री दर ८६ रुपैयाँ ५८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एकको खरिददर ३९२ रुपैयाँ १७ पैसा भने विक्रीदर ३९४ रुपैयाँ १६ पैसा रहेको थियो ।

त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१४ रुपैयाँ ७० पैसा र विक्रीदर ३१६ रुपैयाँ २९ पैसा रहेको थियो ।

प्रतिकृया दिनुहोस्