आइतबार , माघ ९, २०७८

राजावादी कराएर केही हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

पुष २०, २०७८ मंगलबार 38

तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गरेका छन् ।

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’

मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शा`सनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् ।

जनताले विश्वास गरेर मत हालेको भएपनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मा`र्न खोज्दा आफैं सत्ताबाट बाहिरिनुपरेको उनले बताए ।

ओलीले भ्र´ष्टा`चारको पहाड र कुशा`सनको शिखर निर्माण गरेको आ`रो`प भट्टराईले लगाए ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे ।

संसारमा कुनै पनि परिवर्तन एक्कै झ`ड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहर फेरि अगाडी आउनुपर्छ ।’ न्युज कारखाना

प्रतिकृया दिनुहोस्