आइतबार , माघ ९, २०७८

एक सातापछि १६६७ जना प्रहरीहरुलाई सरप्राइज, भयो यस्तो निर्णय (सबैको नामसहित)

पुष २०, २०७८ मंगलबार 60

नेपाल प्रहरीमा जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानका लागि खुसीको खबर आएको छ ।

उनहिरुलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको हो । पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

न्यूज भण्डारलाई प्राप्त जानकारीअनुसार बढुवा समितिमा उजुरी नपरेमा जवानहरुलाई सो समूहको हवल्दारमा गरिएको बढुवा सिफारिस पुर्ण हुन कम्तिमा एक साता लाग्छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले ५ सय ५० जना प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा गरेर नियुक्ति गरेको छ ।

यस्तै, नेपाल प्रहरीका ३६७ जना प्रहरी सहायक निरीक्षक ९असई० प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार राति बसेको बढुवा समितिको बैठकले जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक ९सई० मा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

-न्यूज भण्डार

प्रतिकृया दिनुहोस्