आइतबार , माघ ९, २०७८

काठमाडौंमा बसको ठ’क्करबाट २५ वर्षीया महिलाको मृ’त्यु

पुष २१, २०७८ बुधबार 41

काठमाडौं, २० पुष । काठमाडौं, सिन्धुली, सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घ’टनामा चार जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।

काठमाडौंको पिङ्गलास्थानमा सोमबार साँझ बसको ठ’क्करबाट गम्भी’र घा’इते भएकी स्कुटर चालकको आज मंगलबार मृ’त्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी छिन् ।

गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा ५ ख १५३८ नम्बरको यात्रु बसले बाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई हिजो साँझ सवा छ बजे ठक्क’र दिएको थियो ।

सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ५ बजे कार्कीको मृ’त्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घ’टना पश्चात फरार रहेका बस चालकको खोजी भइरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–७ डम्बरखाडीमा सोमबार साँझ स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घाइ’ते भएका छन् ।

कटारीबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८१५४ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१– ००१ प ५२०७ नम्बरको मोटरसाइकल हिजो साँझ छ

बजे आपसमा ठो’क्किँदा मोटरसाइकलमा पछाडी सवार दुधौली नगरपालिका–७ कत्ले खोलाका ५५ वर्षीय वीर बहादुर मगरको मृ’त्यु भएको हो । उपचारको लागि विराटनगर लैजाने क्रममा मगरको बाटोमै मृ’त्यु भएको हो ।

दुर्घट’नामा घा’इते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था खतरामुक्त रहेको सिन्धुली प्रहरीले जनाएको छ । सिराहाको धनगढीमाई नगरपालिका–११ मा सोमबार साँझ सवारी साधनको ठक्क’रबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनले स २ प ९९४४ नम्बरको मोटरसाइकललाई हिजो साँझ छ बजे ठ’क्कर दिँदा गम्भी’र घा’इते भएका

मोटरसाइकल चालक सिराहाकै मिर्चैया नगरपालिका–७ का ३२ वर्षीय मोहमद समिनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

मोटरसाइकललाई ठ’क्कर दिएर सवारी साधन सहित फ’रार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनगढीमाईले जनाएको छ ।

प्रतिकृया दिनुहोस्